वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

असोज १ गतेबाट नयाँ नोट, सर्वसाधारणलाई ५, १० र २० का नोट दुई तथा ५०र १०० का नोट एक बन्डल

अर्थटुडे
२०७१ भाद्र २७, शुक्रबार

काठमाडौं। सर्वसाधारणले असोज १ गतेबाट राष्ट्र बैंकको कार्यालयहरुबाट नयाँ नोट सटही सुविधा पाउने भएका हुन् । राष्ट्र बैंकले काठमाडौंस्थित आफ्नो बैंकिङ कार्यालयका साथै क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छ । nepali note

असोज १ गतेदेखि नयाँ नोट सटही सुविधा राष्ट्र बैंकले उपलव्ध गराउने भएपनि बैंक तथा वित्तिय संस्थाहरुका लागि भने केही दिन पछि मात्र नयाँ नोट उपलव्ध गराईने राष्ट्र बैंकका प्रबक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।

राष्ट्र बैंकले सर्वसाधारणलाई पाँच, १० र २० का नोटहरु दुई बन्डलका दरले र ५० र १०० रुपैयाँ दरका नोट एक बन्डलका दरले वितरण गर्ने छ । बैंकहरुलाई पनि यही अनुपातमा आकार र क्षमता अनुसार नोट उपलब्ध गराउने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ