काठमाडौं । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले दुई रंगको सिलिण्डर तत्काल लागू गर्न निर्देशन दिएको छ । समितिको विहिबारको बैठकले तत्कालै रातो र नीलो सिलिन्डर प्रणाली लागू गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई निर्देशन दिएको छ ।
यस्तै पेट्रोलियम पदार्थमा लगाइएको विभिन्न कर छुट दिनुपर्ने, तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन पहल गर्नुपर्ने, आन्तरिक समस्या हटाउन पहल गर्नुपर्ने, प्राविधिक चुहावट रोक्न पहल गर्नुपर्ने र जगेडा राख्नका लागि तत्काल भण्डारण क्षमता बढाउनुपर्ने निर्देशनसमेत बैठकले दिएको छ ।
दुइ रंगको सिलिण्डर लागु गर्न निर्देशन
२०७१ भाद्र २७, शुक्रबार
प्रतिक्रिया