काठमाडौं । यस वर्षको दशैको शभसाइत असोज १७ गते विहान १० : १५ बजे जुरेको छ । नेपाल पञ्चांग निर्णायक समितिले विजया दशमीको देवी विर्सजनको साईत ९ बजेर ५५ मिनेट र टिकाको साईत १० बजेर १५ मिनेट निर्धारण गरेको हो । सामान्यतय विजया दशमीको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ ।
साईतमै टिका लगानउनेहरुका लगाउनेहरुको लागि समय निर्धारण गरिएको पञ्चांग समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए ।
यसपटक असोज १७ गते महानवमी र टिका एकैदिन परेको छ । त्यस दिन महानवमीको पुजापाठ सकेर मात्र विजया दशमीको पुजापाठ शुरु गर्नुपर्ने शास्त्रिय मान्यता रहेको छ ।
यसैगरी घटस्थापनाको साईत भने असोज ९ गते विहान १० बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया