वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिटक नेपालले भित्र्यायो जियोनी मोवाइल, दैनिक एक लाख मोबाइल सेट उत्पादन गर्ने कम्पनीको दावी

अर्थटुडे
२०७१ भाद्र २८, शनिबार

काठमाडौं । टेलिटक नेपालले जियोनी मोबाइल नेपाल भित्राएको छ । चीनको सेन्जेनस्थित जियोनी कम्युनिकेसन इक्विपमेन्ट कम्पनीसँगको सहकार्यमा टेलिटकले सो मोबाइल सेट भित्रयाएको हो । DSC_0224

काठमाडौंमा सुक्रबार जियोनी कम्युनिकेसन र टेलिटकका प्रधिनिधिले जियोनी मोबाइलको औपचारिक रुपमा सार्वजनिक गरेका छन् । सो कार्यक्रममा जियोनीका अध्यक्ष विलियम लुले भिडियोमार्फत नेपालमा यो मोबाइल सेटले राम्रो बजार हिस्सा लिने विश्वास लिएको बताए ।
भारतमा राम्रो बजार हिस्सा लिएको जियोनीले नेपालमा पाँच वटा विभिन्न मोडलको स्मार्ट र फिचर फोन ल्याएको छ । टेलिटकका डाइरेक्टर रोहित गुप्ताका अनुसार यी फोनको मूल्य तीन देखि ३५ हजार रुपैयाँसम्म पर्छ । स्मार्टफोन भने १५ हजारदेखि ३५ हजार रुपैयाँ सम्मका रहेका छन् ।
ब्राण्डिङका लागि ७० देखि ८० करोड रुपैया खर्च गर्ने योजना जियोनीको छ । जियोनीले सन् २००० देखि मोबाइल फोन उत्पादन सुरु गरेको हो । जियोनीले विश्वका ४० देशमा जियोनीले वार्षिक दुईकरोड ५० लाख ह्यान्डसेट बेच्दै आएको छ । दैनिक एक लाख मोबाइल सेट उत्पादन गर्ने सो कार्यक्रममा कम्पनीले जानकारी दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ