काठमाडौं । सपना बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७०÷०७१ मा १५ लाख रुपैयाँ मुनाफा गरेका छ । यसैगरी संस्थाले ११ करोड ५९ लाख ५७ हजार निक्षेप सङ्कलन गरेको छ भने नौ करोड ४५ लाख ५१ हजार लगानी गरेको छ ।
संस्थाको १७औँ वार्षिक साधारणसभामा अध्यक्ष प्रज्ज्वल थान्जुले प्राकृतिक प्रकोपपीडितको राहतका लागि संस्था र कर्मचारीको तर्फबाट ३३ हजार ३३३ सहयोग गरेको बताए ।
उनले गरिब एवम् जेहेन्दार छात्र\छात्रालाई वार्षिक १५ हजार राशिको सपना सहकारी छात्रवृत्ति पुरस्कार पञ्चकन्या मावि कक्षा ८ मा अध्ययनरत छात्र विश्वजीत वाइबालाई प्रदान गर्ने निर्णय गरिएको समेत बताए । साधारणसभामा संविधासभाका सदस्य राजेन्द्र पाण्डेले सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै सहकारीले अर्थतन्त्रमा पु¥याएको योगदानलाई राज्यले कदर गर्ने बताए ।
त्यसैगरी डिभिजन सहकारी कार्यालयका अधिकृत विक्रम पाण्डेले सहकारीको मूल्य र मान्यतालाई सही तबरले अगाडि बढाएर लगानी विस्तार गर्न सकेमा सहकारीले अर्थतन्त्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताए ।
कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक रामचन्द्र अर्याललगायतले संस्थाको आगामी दिनका कार्यक्रमबारे जानकारी दिएका थिए ।
प्रतिक्रिया