वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई वर्षमा १७ अर्व २५ करोडको जलविद्युत सेयर आउदै

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । ह्वाइट गोल्ड अर्थात सेतो सुन मानिने जलविद्युतको सेयरमा लगानी गर्न चाहानेलाई खुशीको खवर छ । रकम बचत गर्दै गर्नुहोस्, अबको दुई वर्षभित्र १७ अर्व २५ करोड रुपैयाँ बराबरको साधारण सेयर आउदैछ । आयोजना क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि आउने उक्त सेयरमध्ये केहीले निष्काशनको अनुमति पाइसकेका छन् भने केही पाउने क्रममा छन् ।

hydropowerआईतबार कारोबार दैनिकमा प्रकाशित समाचार अनुसार दुई वर्षभित्र आउने सेयरमा माथिल्लो तामाकोशीको ५ अर्व १८ करोड ९१ लाख, रसुवागढी ३ अर्व ३५ करोड १६ लाख, मध्यभोटेकोशीको ३ अर्व ८६ करोड, जलविद्युत लगानी तथा विकास कम्पनीको २ अर्व, सान्जेन र सान्जेनमाथिल्लोको १ अर्व ७७ करोड ३८ लाख, अपी पावरको ४० लाख, युनाइटेड मोदीको ४० करोड, आँखु खोलाको २० करोड र बरुण हाइड्रोपावरको ४ करोड ६ लाख रुपैयाँ रहेको छ ।

आयोजना निर्माण गर्न स्थापना भएका माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी र मध्य भोटेकोशी जलविद्युत कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, आयोजना प्रभावित स्थानीय वासिन्दा, कम्पनी, विद्युत प्राधिकरण र ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीलाई सेयर लगानी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि सेयर निष्काशन गर्नेछ ।

माथिल्लो तामाकोशीको सेयर निष्काशन प्रक्रिया पुरा भइसकेको छ । पुससम्ममा दोलखावासीका लागि छुट्याइएको सेयर बिक्री गरिसक्ने कम्पनीले जनाएको छ ।
यसैगरी चिलिमेको एक वर्षभित्र सेयर निष्काशन सुरु हुनेछ ।

यसैगरी अपर तामाकोशीले तीन महिनाभित्र स्थानीयवासी र संचयकर्तालाई छुट्याएको सेयर वितरण गर्ने र एक वर्षभित्र सर्वसाधारणलाई छुट्याएको सेयर पनि वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ