काठमाडौं । नियामक निकाय र विश्लेषकहरुले लगानीकर्तालाई विश्वस्त बनाउने प्रयास गरेपनि सेयर बजार बढ्न सकेको छैन । साताको पहिलो दिन आईतबार नेप्से परिसुचक ८.५० अंकले घटेर ९०२.१५ अंकमा झरेको छ । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपनि होटल, विकास बैंक र उत्पादनमूलक बाहेका सबै समूहगत परिसूचक पनि ओरालो लागेको छ । सुचिकृत कम्पनीहरुले धमाधाम लाभांस घोषणा गरेपनि त्यसको प्रभाव बजारमा देखिएको छैन । आईतबार लाभांस सार्वजनिक भएका चिलिमे जलविद्युत कम्पनी, मेट्रो विकास बैंकलगायतका कम्पनीको मूल्य घटेको छ ।
आईतबार बजार खुलेदेखि नै नेप्से ओरालो लाग्न सुरु भएको थियो । २ बजेसम्ममा ९ सय भन्दा तल झरेको बजार त्यसपछिको एक घण्टा भने सामान्य उकालो लागेको हो
प्रतिक्रिया