काठमाडौं । बाढीपहिरो पीडितलाई सहयोगका लागि प्रभु ग्रुपले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेको छ । आईतबार प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रधानमन्त्री सुशील कोइरालालाई चेक हस्तान्तरण गरे ।
कार्यक्रममा प्रभु मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शेरचन, मार्केटिङ प्रमुख बिनोद थकाली, नायव महाप्रबन्ध रामेश्वर सापकोटा, दक्ष पौडेल, ध्रुव धिताल, रोजर गुरूङलगायत प्रभु ग्रुपका प्रतिनिधिको उपस्थीति थियो ।
बित्तिय क्षेत्रमा क्रियाशिल प्रभु ग्रुपले प्रभु बैंक, एलाइन्स इन्सुरेन्स, प्रभु को-अपरेटिभ सर्भिस, प्रभु म्यानेजमेन्टलगायत संचालन गरिरहेको जनाएको छ ।
प्रतिक्रिया