वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकता विकास बैंकको २० लाख कित्ता साधारण सेयर सूचिकृत

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । एकता विकास बैंकको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सूचिकरण सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेल र नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले हस्ताक्षर गरे ।

ekata bank logoबैंकले सर्वसाधारण तथा संस्थामा कार्यरत कर्मचारीहरुको ८ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको १२ लाख कित्ता समेत गरी जम्मा २० लाख कित्ता नेप्सेमा सूचिकरण भएको हो ।

सर्वसाधारणले आगामी सातादेखि बैंकको सेयर खरीद बिक्री गर्न सक्नेछन् ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको रुपन्देही, कपिलवस्तु र दाङ्ग गरी ३ जिल्ला कार्यक्षेत्र छ । हालसम्म बैकका दुई विस्तारित शाखासहित कुल शाखा सङ्ख्या ९ रहेको छ । बैंकले हालसम्म १ अर्ब ४८ करोड निक्षेप संकलन गरी १ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ