वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक अफ काठमाण्डूको १०.९५ % लाभांस, वितरणपश्चात तोकिएको पुँजी पुग्ने

अर्थटुडे
२०७१ भाद्र २९, आईतवार

काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७० ७१ को नाफाबाट १०.९५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये १०.४१ प्रतिशत सेयर र ०.५४ प्रतिशत त्यसमा लाग्ने कर वापतको नगद लाभांस रहेको छ ।

banks of kathmandu's pic२ अर्व रुपैयाँ चुक्ता पुजी पुर्याउनुपर्ने दवावमा रहेको बैंकको उक्त लाभांस वितरण भएपछि पुँजी २ अर्व १२ करोड हुनेछ ।

लाभांस वितरणका लागि नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्नेछ ।

बैंकले आव २०७०\७१ मा २५ करोड ४४ लाख खुद नाफा गरेको छ ।

बैंकले हाल ५० शाखा, ५७ एटिएम र ८ एक्स्टेन्शन काउन्टरबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ