वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु बैंकको औपचारिक कारोबार सुरु, पूँजी ३ अर्ब २० करोड ,शाखा १ सय १२

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं । किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज भएर बनेको प्रभु बैंकले सोमबारबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ । सोमबार गर्भनर डा. युवराज खतिवडाले बैंकको उद्घाटन गरे ।

prabhu bank
प्रभु बैंक बनेसँगै किष्ट बैंकको नाम सधैका लागि समाप्त भएको छ । फाइनान्स कम्पनीबाट स्तरउन्ती भई बाणिज्य बैंक बनेको किष्ट खराव कर्जाले थलिएको थियो । किष्टका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली बैंकिङ कसुर लागेर बाहिरिएपछि बैंकको अवस्स्था झनै विग्रिएको थियो ।

प्रभुको कार्यालय यसअघि किष्ट बैंकको मुख्य कार्यालय रहेको विजुलीबजारस्थित भवनमा रहेको छ ।  मर्जपछि प्रभुको चुक्ता पूँजी ३ अर्ब २० करोड ८८ लाख पुगेको छ । बैंकको शाखा संख्या १ सय १२ पुगेको छ ।

मर्जको क्रममा किष्टको ९७.३१, प्रभुको १०७.३१ गौरीशंकरको १०७.३१ र जेनिथको ९२.३१ शेयर मूल्य कायम गरिएको थियो ।

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकले निकट भविष्यमै अर्को एक संस्था खरिद गर्ने घोषणा गरे ।  त्यसैगरी आगामी केही वर्षमा प्रभु बैंकले विदेशी बैंकलाई जोइन्ट भेञ्चरको रुपमा भित्र्याउने पनि भट्टचनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ