वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गर्भनर डा. युवराज खतिवडा भन्छन्, ‘विषादी हालेको लौकाजस्तो बैंकिङ व्यवसाय फस्टाउन सक्दैन’

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं । गर्भनर डा. युवराज खतिवडालृ प्राकृतिक विकासको सिद्वान्त विपरित बैंकिङ व्यवसाय बढ्न नसक्ने दावी गरेका छन् । अहिले बैंकको संख्या बढेपनि बजारमा कर्जाको माँग बढ्न नसकेको भन्दै उनले बैंकको शाखा, एटिएम बढ्दैमा भवन ठूलो हुदैमा बैंकिङ व्यवसाय बढेको भन्न नमिल्ने बताए ।

Khatiwada

“विगतमा हामीले उदार अर्थनीति भन्दै धेरै लाइसेन्स बाडेर गल्ती गर्र्यौ. अहिले त्यसैलाई सुधार गर्न लागिरहेका छौं ”

“विषादी हालेको लौकाजस्तो बैंकिङ व्यवसाय एकैदिन ह्वात्त बढ्न सक्दैन” सोमबार प्रभु बैंकको उद्घाटन गर्दै खतिवडाले भने, “यसका लागि बैंकिङ सेवा उपभोग गर्ने पक्ष पनि बढ्नुपर्छ ।” नेपालमा बैंक खोल्ने र बैंकिङ सेवा प्रयोग गर्ने एकै व्यक्ति भएकाले अप्ठेरो भएको उनको भनाइ थियो ।

यसैगरी नेपाल राष्ट्र बैंकले विगतमा धेरै लाईसेन्स बाडेर गल्ती गरेको स्विकार गदै खतिवडाले अहिले त्यसलाई मर्जरमार्फत आफै सुधार गर्न लागेको दावी गरे । “विगतमा हामीले उदार अर्थनीति भन्दै धेरै लाइसेन्स बाडेर गल्ती गर्र्यौ” खतिवडाले भने, “अहिले त्यसैलाई सुधार गर्न लागिरहेका छौं ।” अव बैंक अनुमति पत्र प्रदान गर्दा आवश्यक अध्ययन नगरी विगतमा जस्तो लाईसेन्स नबाड्ने उनले प्रतिवद्वता व्यक्त गरे ।

बैंकिङ क्षेत्रमा विस्तारै प्रतिस्पर्धी बन्दै गएको र नेपालका वित्तीय क्षेत्र पनि विदेशमा ऋण दिने वित्तीय संस्थासँग प्रतिस्पर्धी बन्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष राजन सिंह भण्डारीले  मर्जर मात्रै गर्दा बैंकिङ क्षेत्रमा मनोपोली बढ्ने भन्दै यसो हुन नदिन नयाँ लाइसेन्स नीति ल्याएर नयाँ संस्थालाई अनुमति दिनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ