वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंकका कर्मचारीहरुले एक दिनको तलव दिए वाढीपिडितलाई

अर्थटुडे
२०७१ भाद्र ३०, सोमबार

काठमाडौं । मेगा बैंकका कर्मचारीहरुले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई २ लाख ८ हजार ७० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।Mega-Bank-Support

कर्मचारीहरुले एक दिनको तलब बाढीपहिरो पीडितलाई दिएका हुन् । मेगा बैंकका प्रत्येक कर्मचारीको एक दिनको तलबबाट संकलित २ लाख ८ हजार ७० रुपैंयाको चेक मेगा बैंकको चौतारा शाखाका प्रमुख धरणीधर सापकोटाले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई सोमबार हस्तारन्तरण गरे । मेगा बैंकले यसअघि पनि कञ्पनपुरको भुजेलामा पहिरोबाट क्षतिग्रस्त विद्यालय बनाउन एक लाख रुपैंया सहयोग गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ