काठमाडौं। ब्राइट डेभलपमेन्ट बैंकले २५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आफ्नो बार्षिक साधारण सभाले पारित गरेपछि सर्वसाधरणले पाउने छन् । बैंकको बोनस सेयर पारित भएपछि चुक्तपूँजी १६ करोड ८० लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा एक करोड ९१ लाख नाफा कमाएको थियो ।
प्रतिक्रिया