काठमार्डौं । कुमारी बैंकले चुक्तापुँजी २ अर्व पुर्याउनका लागि ३३ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि भन्दै १.७४ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । बोनस सेयर जारी भएमा बैंकको चुक्तापुँजी २ अर्व ४३ करोड रुपैयाँ पुग्ने छ भने हाल बैंकको चुत्तःापुँजी १ अर्व ८४ करोड मात्र रहेको छ । गत आर्थिक वर्षमा बैंकले ३४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसैगरी लक्ष्मी बैंकले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांस दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि भन्दै १.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । सो लाभांस राष्ट बैंक र साधारसण सभाबाट स्वीकृत भएपछि मात्र लगानीकर्ताहरुले पाउने छन् ।
प्रतिक्रिया