वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रसर उद्योगमा देखिएको समस्याका कारण मानिसले घर बनाउन पाएनन् :उद्योगमन्त्री बस्नेत

अर्थटुडे
२०७१ भाद्र ३१, मंगलवार

काठमाडौ । उद्योग मन्त्री महेश बस्नेतले क्रसर उद्योगमा देखिएको समस्याका कारण मानिसले घ बनाउन नपाएको बताएका छन् । मंगलबार रिपोटर्स क्लवमा बोल्दै मन्त्री बस्नेतले क्रसर ब्यवसायीहरुले काम गर्न पाउनु पर्ने भन्दै क्रसर उद्योगमा देखिएको समस्याका कारण जनताले घर नै बनाउन नपाएको र सो समस्या समाधानको लागि आफू लागिपर्ने बताए ।DSC_0009 - Copy
बस्नेतले क्यासिनो माओवादीहरुको क्यान्टोनमेन्टका रुपमा स्थापित भएको आरोप लगाउँदै आगामी दिनमा मजदुर तथा क्यासिनो सञ्चालकहरुसँग छलफल उद्योगका रुपमा लिएर जाने बताए ।
उनले क्यासिनो मुलुकमा पर्यटन भित्राउने आधार भएकोले यसमा उत्पन्न समस्या समाधान गरेर सञ्चालन गर्नु पर्नेमा जोड दिदै मजदुरहरुलाई न्याय दिलाउन आफूले पहल गर्ने बताए । उनले क्यासिनोले रोयल्टी बुझाउने र नेपालीलाई प्रवेश नदिने विषयमा भने गंभिर हुनु पर्नेमा जोड दिए ।
मन्त्री बस्नेतले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गरेर दिनहुँ विदेशीने यूवा शक्तिलाई रोक्न आफूले औद्योगिक क्रान्तिको खाँका तयार पारिरहेको जानकारी दिदै मुलुकमा उद्योग मैत्रि बातावरण निर्माण गर्न ऐन तथा नीति बनाउने बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ