वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर दलाल कम्पनीका कर्मचारी संगठित, अध्यक्षमा लेखनाथ पौडेल

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

काठमाडौं । सेयर दलाल कम्पनी (ब्रोकर) का कर्मचारीहरु संगठित भएका छन् । उनीहरुले लेखनाथ पौडेलको अध्यक्षतामा २३ सदस्यीय नेपाल स्टक ब्रोकर कर्मचारी एसोसिएसन गठन गरेका छन् ।

देशभरका ५० ब्रोकर कम्पनीका कर्मचारीहरुको भेलाले उपाध्यक्षहरुमा टिका नारायण श्रेष्ठ, उज्वल अर्याल, जनक रिमाल, सुमन पाण्डे चयन गरेको छ ।त्यसैगरी सचिवमा शेखर ढुगांना, सहसचिवहरुमा कुमार पनेरु, अनिल दाहाल, बिरेन्द्र केसरी पौडेल, विकास पोखरेल, सुरेश मर्हजन, कोषाध्यक्षमा महेश नेपाल रहेका छन् ।

एसोसिएसनको सदस्यहरुमा सागर खतिवडा, सानु तामाङ, मन्थन श्रेष्ठ, कृष्ण हुँमागाई, सुवास चुदाली, विनोद लाखे, प्रदीप पराजुली, सुवास तिवारी, तुलसी याकामि, र विशाल अधिकारी रहेका छन् ।

ब्रोकर कर्मचारीहरुलाई एकत्रित पार्न र उनीहरुको हक हितको संरक्षण तथा कम्पनीहरु बीच एकआपसमा समझदारी कायम गर्नका लागि संगठित भएको अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ