वि.सं. २०८१ भाद्र २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन महिनापछि गोदावरी रिसोर्ट पुनः संचालनमा

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

काठमाडौं । व्यवस्थापन र मजदुरको विवादका कारण बन्द रहेको गोदावरी भिलेज रिसोर्ट तीन महिनापछि पुनःसंचालनमा आएको छ । मजदुृरका मागका विषयमा व्यवस्थापनसँग सहमति भएपछि रिर्सोट संचालनमा आएको व्यवस्थापनले जनाएको छ ।

godavari_village_resortव्यवस्थापन र मजदुरबिच कर्मचारीलाई शतप्रतिशत बोनस, सुत्केरी खर्च २ हजार ५ सय, किरिया खर्च २ हजार ५ सय रुपैयाँ दिने सहमती भएको छ । यसैगरी रिसोर्ट बन्द हुँदाको तलब भने ३५ प्रतिशतमात्र उपलब्ध गराउने सहमती भएको छ । रिसोर्ट बन्द हुँदा ५ करोड रुपैयाँ घाटा लागेको व्यवस्थापनले जनाएको छ ।

रिसोर्टमा करिब १ सय ५० जना मजदुरले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । सुविधा सम्पन्न ६९ वटा डिलक्स कोठाहरु उपलब्ध रहेको रिसोर्टमा हेल्थ क्लव, स्विमिङ पुल, मिटिङ हल, सम्मेलन हललगायतका सुविधाहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ