वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिलो दिनमै आईफोन सिक्सको ४० करोड अर्डर

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी ‘एप्पल इङ्क’ले केही दिनअघि मात्र सार्वजनिक गरेको नयाँ आईफोन ‘एप्पल सिक्स’को पहिलो दिनको अर्डर ४० करोड थान नाघेको छ । आईफोन सिक्सको मागको यो आकार २ वर्षअघिको आईफोन ५ को मागभन्दा दोब्बर रहेको कम्पनीले बताएको छ । उपभोक्ताले अर्डर गरिएको आईफोन सिक्स अर्को महीना मात्र प्राप्त गर्नेछन् ।

iphone6अर्डर गरिएका आईफोनको डेलिभरी आगामी शुक्रवारबाट शुरू गर्ने र यो क्रम अक्टोबरभरि चल्ने बताइन्छ । एप्पलका नयाँ आईफोनमा ठूलो स्क्रिन र लामो समयसम्म चल्ने ब्याट्री रहेको छ । पहिलो दिनको अर्डरलाई उद्धृत गर्दै यो हप्ता १ करोड थान आईफोन बिक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । सन् २०१२ मा विक्री शुरू गरिएको आईफोन ५ ले २४ घण्टामा २० लाख थान अर्डर पाएको तथ्याङ्क छ । त्यस्तै पहिलो हप्तामा यो फोन ५० लाख थान बिकेको कम्पनीको भनाइ छ ।

गतवर्ष बजारमा आएका आईफोन ५ एसएस र ५सीएस पनि ३ दिनमा ९० करोड थान बिकेको तथ्याङ्क छ । पहिलो हप्तामा ९० करोड थान आईफोन सिक्स र आईफोन सिक्स प्लसको विक्री हुने विश्लेषकहरूले अनुमान लगाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ