काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषिमा व्यवसायीकताको विकास गर्न सके यसैबाट रोजगारी सिर्जना र आर्थिक उन्नती गर्न सकिने दावी गरेका छन् । करिब ३५ लाख युवाहरु विदेशिएको र ३९ लाख युवाहरु बेरोजगार रहेको उदाहरण दिदै उनीहरुलाई व्यवसायीक कृषिमा लाग्न उनले सुझाव दिए । व्यवसायिकताको विकासका लागि उन्नत बीउ र उन्नत प्रविधि प्रयोगमा जोड दिदै किसानका लागि बजारको सुनिश्चितता गरिने उनले आश्वासन दिए ।
बल्खु कृषि तथा तरकारी बजारको दोस्रो वार्षिकोत्सवमा बोल्दै मन्त्री पराजुलीले कृषि उत्पादन बृद्धिका साथै बजारको पनि त्यत्तिकै खाँचो भएकोले निजीक्षेत्रलाई पनि बजार स्थापनामा सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिए । “कृषि उत्पादनलाई वासिङ, ग्रेडिङ र प्याकेजिङ गरी उपभोक्तासमक्ष पु¥याउने काम गर्नुहोस्” उनले भने, “सरकार आवश्यक सहयोग गर्न तयार छ ।”
कृषिमन्त्री पराजुलीले निर्बाहमूखी खेती प्रणालीबाट व्यवसायिक खेती प्रणालीमा जानुपर्ने र अर्गानिक खेतीतर्फ लाग्नुपर्नेमा जोड दिए । उत्पादन लागत घटाउन पनि उनले किसानहरुलाई आग्रह गरे ।
बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरल छोटो अवधिमा नै बल्खु बजार तरकारीको बिक्री बितरणमा भएको बिचौलिया प्रबृत्ति रोक्न, उपभोक्तालाई उचित मोलमा ताजा तरकारी उपलब्ध ग भरपर्दो बजारको रुपमा स्थापित हुन सफल भएको दावी गरे । नेपालमा मूल्यवान कृषिबस्तुको उत्पादन गर्न सकिने संभावना रहेको चर्चा गर्दै कार्यकारी निर्देशक कुँवरले भने, “तर नेपालले वर्षेनी एक अर्बभन्दा बढीको कृषि उपज, तरकारी र माछामासु आयात गर्नु परिरहेको छ ।”
उनले बजारहरुको स्थापनाबाट किसानलाई प्रत्यक्ष सहयोग पुग्ने भएकोले सरकारले बहालकर, स्थानीय विकास कर तथा कर्जामा ब्याज छुट गरिनुपर्ने खाँचो रहेको छ ।
कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट परियोजन निर्देशक योगेन्द्रकुमार कार्कीले प्याक्ट परियोजनाले किसानलाई कृषिक्षेत्रमा लाग्न प्रोत्साहित गरेको र यही कारण अहिले परियोजनाको कार्यक्षेत्र देशव्यापी बनेको जानकारी दिए ।
वार्षिकोत्सवका अवसरमा कृषिक्षेत्रमा कलम चलाउने नागरिक दैनिकका पत्रकार सुजन ओली, ५ जना कृषि व्यवसायी र ५ जना कृषकहरुलाई सम्मान गरिएको थियो । साथै मन्त्री पराजुलीले वार्षिकोत्सवका अवसरमा रक्तदान गर्ने ७० जनालाई प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया