वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गर्भनर डा खतिवडाले भने, आफै सचेत भएर संस्थागत सुशासन राख्नुहोस्, नियामकले दवाव दिनु पर्दैन

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

काठमाडौं । गर्भनर डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था आफै सचेत भई संस्थागत सुशासन कायम गरे नियामकले दवाव नदिने बताएका छन् । आफु सुशासनमा नबस्ने अनि नियामकले नीति निर्देशन जारी गर्र्यो भने अनावश्यक हस्तक्षेप गरेको टिप्पणी नगर्न उनले आग्रह गरे ।

NBI confrence
नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले बुधबार गरेको संस्थागत सुशासन सम्मेलनको उद्घाटन गर्दै डा. खतिवडाले संस्थागत सुशासन कडाईका साथ पालना गर्न आग्रह गरे । “संचालक समितिको दायरा के हुने, सिईओ कर्मचारी कसरी नियुक्ती गर्ने, आन्तरित तथा बाह्य सुशासन कसरी कायम गर्ने विषयमा सचेत हुनुहोसु” उनले भने, “नियामक निकायले दवाव दिइरहन पर्दैन ।” उनले देश संक्रमणकालमा भएपनि वित्तीय क्षेत्रको सुशासनमा भने असर नगरेको दावी गरे । यसैगरी संस्थागत सुशासनको जिम्मा नियामक निकायको मात्र नभई सम्बन्धित सबै स्टेकहोल्डरले मनन् गर्नु पर्ने उनको भनाई थियो ।

हालसम्म नेपालमा दुई दर्जन भन्दा बढी वित्तीय संस्थाहरु समस्यामा परी सकेका छन् । त्यस्ता संस्थाहरुबाट निक्षेपकर्ताहरु पैसा फिर्ता पाउने आशमा पर्खेर बसेको धेरै समय भैसक्यो । सरोकारवालाहरुमा बैंक कसको हो त भन्ने कुराको बुझाई प्रष्ट हुन सकेको छैन । संस्थागत सुशासन सम्बन्धी गोष्ठी र कार्यक्रमहरुमा ठूलो संख्यामा सञ्चालकहरु र अध्यक्षहरु नै अनुपस्थित देखिन्छन् । सञ्चालक समितिले संस्थागत सुशासन प्रतिको आप्mनो उत्तरदायित्व मनन् गरेको देखिँदैन । उच्च व्यवस्थापकको संस्थागत सुशासन सम्बन्धी भूमिका के हो त ? यो स्थितिको लागि जिम्मेवार को हो त ? यी अनुत्तरित प्रश्नहरु हुन् । बैंकिङ ईन्ष्टिच्युटले यिनै प्रश्नहरुको उचित उत्तर खोज्नको संस्थागत सुशासन सम्बन्धी सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनमा बोल्दै ईन्ष्टिच्युटका अध्यक्ष सशिन जोशीले संसारमा संशागत सुशासनको कमी कमजोरीको कारणले धेरै ठुला ठुला संस्थाहरु धरासायी भएका उदाहरण दिँदै हामीले संशागत सुशासन सबल बनाई सफल बन्नु पर्छ भन्ने धारणा व्यक्त गरे ।

आईएफसीसँगको सहकार्य र एशियाली विकास बैंक एसियाली विकास बैंकको सहयोगमा भएको सम्मेलनमा कर्नाटक बैंक, भारतका सञ्चालक राममोहन बेले, सिटि बैंक बङ्गलादेशका पूर्व प्रमुख कार्यकारी अधिकृत मोहमद सत्तार जस्ता विज्ञहरुले सम्बोधन गर्नु भएको थियो । साथै आईएफसीका विज्ञहरु लगायत एसएआईएमका डिन डा. बिजय के.सी., ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्री र वाटर एड नेपालका पूर्व नेपाल प्रतिनिधि आशुतोष तिवारी लगायतका विज्ञहरुले कार्यपत्र पेश गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ