वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विक्री बढन् थालेपछि बुधबार ६.४६ अंकले घट्यो नेप्से, साना लगानीकर्ताहरु सधै त्रासमा

अर्थटुडे
२०७१ आश्विन १, बुधबार

काठमाडौं । लगानीकर्ताहरुमा विश्वास गुम्दै जान थालेपछि सेयरबजार अस्थिर भएको छ । साताको सुरुको दिन सेयरबजार घटेपनि सोमबार र मंगलबार बजार बढ्दा लगानीकर्ताहरुमा आशा पलाएको थियो । तर बुधबार फेरी सेयर बजार परिसुचक (नेप्से) घटेको छ । बुधबार ६.४६ अंकले घटेर ९१३.४२ अंकमा अडिएको छ ।
विभिन्न कम्पनीहरुले लाभांस घोषणा गरेसँगै कम्पनीहरुको सेयरमूल्य बढेपछि लगानीकर्ताहरु फेरी कम्पनीको मूल्य घट्ने डरमा धमाधम आफूसँग भएको सेयर बेच्न थालेका छन् ।
बजारको भर नभएको र आफूले ऋण गरेर किनेको विभिन्न कम्पनीको सेयरमुल्यमा कमी आएमा डुव्ने डरले साना लगानीकर्ताहरुले सेयर बेच्न थालेकै कारण बजार घटेको हो । ठूलो चाड नजिकिदै जाँदा लगानीकर्ताहरु केही प्रतिफल देखिने वित्तिकै सेयर विक्रि गर्न थालेपछि बजारमा चाप बढेको हो ।
समूहगत परिसुचकमध्ये बैकिङ समूह, जलविद्युत, फाइनान्स र विमा समूहतर्फ त्रमशः ७.९७, २३.१६, ७.७५ र ३०.१३ अंकले घटेको छ भने होटलको ४८.०७ र विकास बैंकतर्फ ०.२२ अंकले बढेको छ । बुधबार ४८ लाख बराबरको १२ लाख ६६ हजार कित्ता सेयर खरिद विक्रि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ