वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एटिएम कार्ड थप सुरक्षित बनाउदै नविल

अर्थटुडे
२०७१ जेष्ठ २५, आईतवार

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफनो डेविट कार्ड कारोवार सुरक्षा अभिबृद्धि गर्ने उद्धेश्य सहित इ एमभि प्रविधिमा आधारित स्मार्ट चिपमा स्तर वृद्धि गरेको छ । नबिलको यस नयाँ नबिल स्मार्ट कार्डस्ले हाल सम्म डाटा भण्डारणको लागि चलिआएको म्याग्नेटिक स्ट्रीप शैलिलाई प्रतिस्थापन गर्नेछ । यससगै बैंकको भुक्तानी कारोबार थप सुरक्षीत हुने बताइएको छ ।
यस नयाँ चिप प्रविधिमा निहित विभिन्न सुरक्षा विशेषताहरु मध्ये एक प्वाइन्ट अफ सेल्स कारोबारका लागि पिन प्रमाणीकरण हो जुन आजसम्म एटिएम कारोबारमा मात्र सिमित थियो । अब नबिलका डेविट कार्ड प्रयोगकर्ताहरुले प्वईन्ट अफ सेल्स कारोवार गर्दा कुनै पनि इएमभी कम्प्यान्ट टर्मिनलमा आफ्नो पिन नम्वर प्रयोग गर्नु पर्नेछ ।

Nabil Cards
बैंकको यस नयाँ पहल बारे प्रमुख कार्यकारी अधिकृत श्री अनिल ज्ञवाली भन्छन्, “हाम्रा ग्राहकहरुको लागि गुणस्तरीय सेवा प्रदान गर्दै जाने हाम्रो प्रतिवद्धता अनुरुप बैंकले डेविड कार्ड प्रणालीमा स्तर वृद्धि गरेको घोषणा गर्न पाउँदा हामी खुसी छौं ।” यस वाहेक बैंकले आफनो क्रेडिट कार्ड पनि चाडैनै यस नयाँ प्रविधिमा स्तरोन्नती गर्ने तथा बजारमा रहेका पुराना म्याग्ेटिक स्ट्रीप प्रणालीमा आधारीत कार्डहरुलाई नयाँ नबिल स्मार्ट कार्डस्ले प्रतिस्थापन गर्ने जानकारी गराए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ