वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्भेष्टमेन्ट बैंकको सेयरमा किन न्युन आवेदन ?

अर्थटुडे
२०७१ आश्विन २, बिहीबार

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले लिलामी गर्न लागेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरमा न्यून मात्र आवेदन परेको छ । बाणिज्यले आफ्नो स्वामित्वमा रहेको ६२ लाख २० हजार ६६ कित्ता सेयर विक्रीका लागि बोलपत्र मागेकोमा तोकिएको अन्तिम दिन सोमबारसम्ममा १२ लाख कित्ता सेयर खरिदका लागि मात्र आवेदन परेको छ ।

Nepal-Investment-Bank
सेयर बिक्री नभएपछि पुनः बोलपत्र आवहान गर्नुपर्ने स्थिती आएको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले बताए ।

यसअघि नागरिक लगानी कोष, कर्मचारी संचय कोषले इन्भेष्टमेन्टको सेयर प्रतिकित्ता ४ सय ५० मा किन्ने प्रस्ताव गरेका थिए । तर कुरा नमिलेपछि बाणिज्य बैंकले महंगो मूल्य राखेर बोलपत्र आवहान गरेको थियो ।

बाणिज्य बैंकले नेपाल आवास फाईनान्सको १ लाख ९८ हजार ४ सय ९७ कित्ता सेयर पनि लिलामीमा राखेको थियो । उक्त सेयर भने पुरै बिक्री भएको बैंकले जनाएको छ ।

बैंकको सेयर विक्री भएको भए ३ अर्व रुपैयाँ नाफा पुग्ने र पुँजीकोष अनुपात १० भन्दा माथी हुने सिइओ शर्माले बताए ।

इन्भेष्टमेन्ट र नेपाल आवासले घोषणा गरेको लाभांस सेयर खरिदकर्ताले नै पाउन् भनेर सेयरधनी दर्ता किताव बन्द हुनुअघि नै सेयर हस्तान्तरण गर्न लागिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ