काठमाडौं । सुचिकृत कम्पनीहरुले धमाधम लाभांस घोषणा गरेपनि त्यसको विपरित सेयर बजारमा भने गिरावट आएको छ । लाभांसले लगानीकर्ता उत्साहित हुनुको साटो निरुत्साहित भइरहेका छन् ।
जसको कारण साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । विहिबार सेयर बजार परिसुचक (नेप्से) १३.५३ अंकले घटेर ८९९.८९ अंकमा झरेको छ ।
विहिबार सम्पुर्ण समूहगत परिसुचकहरु पनि ओरालो लागेको छ । समूहगत परिसुचकमध्ये बैकिङ समूहतर्फ १४.५८ अंकले घटेको छ भने होटल समूहतर्फ ५२.८१ अंकले घटेको छ । त्यसैगरी विकास वैंक,जलविद्युत, फाइनान्स र विमा समूहतर्फ त्रमशः ११.०२, ३६, ३.७४ र ४७.६५ अंकले घटेको छ ।
विहिबार कुल एक सय ३४ कम्पनीको कारोबार भयो भने कारोबार रकममा गिरावट आएको छ । यस दिन ३१ करोड रुपैयाँ बराबरको ८ लाख १० हजार कित्ता सेयरको कारोबार भएको छ ।
प्रतिक्रिया