काठमाडौं । ग्लोबल आईएमई बैंकले आठौं वार्षिक साधारणसभा असोज २९ गते तोकेको छ । विरगञ्जको भिस्वामा बैंकको साधारणसभा आवहान गरिएको छ । साधारणसभाका लागि असोज १० गतेबाट बुक क्लोज (सेयरधनी दर्ता किताब बन्द) हुदैछ ।
बैंकको संचालक समितिले यसअघि नै गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांस घोषणा गरेको छ । उक्त लाभांसमध्ये २१ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस रहेको छ ।
हाल ४ अर्व १४ करोड पुँजी रहेको बैंकले सेयर लाभांस वितरणपछि पुँजी ५ अर्व १ करोड पुग्नेछ ।
प्रतिक्रिया