काठमाडौं । कालिन्चोक डेभलपमेन्ट बैंकले सर्वसाधरणका लािग जारी गरेको साधारण सेयर शनिवार बाँडफाड गरेको छ । २६० कित्ताभन्दा तल आवेदन गर्नेलाई चिट्ठामा र त्यसभन्दा माथी आवेदन गर्नेलाई ३ प्रतिशतका दरले सेयर बाँडफाड गरिएको छ । बैंकले ४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेकोमा ३० गुणा बढी अथात १ अर्व ४५ करोड ९० लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको थियो ।
सेयरको सम्पुर्ण विवरण सेयरको निष्काशन तथा विक्री प्रवन्धकका रुपमा रहेको ग्रोमर मर्चेन्ट बैंकको वेभ साइटमा आइतबार हेर्न सकिने बैंकले जनाएको छ ।
दोलखामा मुख्य कार्यालय रहेको बैंकको कार्यक्षेत्र दोलखाका साथै सिन्धुली र रामेछाप कार्यक्षेत्र रहेको छ । हाल ५ करोड १० लाख पुँजी रहेको बैंकको उक्त सेयर निष्कासनपछि पुँजी १० करोड पुग्नेछ ।
साउन २१ गतेदेखि २७ गतेसम्म बिक्री खुल्ला भएको उक्त सेयरको निष्काशन तथा विक्री प्रवन्धकका रुपमा ग्रोमर मर्चेन्ट बैंकले काम गरेको थियो ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा बैंकले ४ नम्बर पाएको छ । इक्राले एक देखि पाँच नम्बर दिन्छ । जसमा एक नम्बर अत्यन्तै बलियो हो भने पाँच नम्बर कमजोर हो ।
आर्थिक वर्ष २०७० ्०७१ चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको कोषमा ३६ लाख २० हजार रहेको छ ।
प्रतिक्रिया