वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निगमको सस्तो भाडादर करिव १२ सयले बढ्यो

अर्थटुडे
२०७१ आश्विन ४, शनिबार

काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियामा अवैध भएर बसेका नेपालीहरुका लगि लक्षित गरी तय गरेको सस्तो भाडादर ४० रिंगेट (आर्थात करिव १२०० रुपैयाँ ) बढाएको छ ।air lince

असअघि गैर कानुनी रुपमा बसेका नेपालीहरुका लागि कर सहित ५ सय ४० रिंगेट (अर्थात १५ हजार ८०० रुपैयाँ) मात्र पथ्र्यौ । नयाँ भाडादर लागु भएसँगै अव उनीहरुले करिव १७ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ । भदौ ३१ गते देखि लागु गरिएको यो नयाँ भाडा दर हो । यो भाडा पाउनको लागि मलेसियास्थित नेपाली राजदूतावासमा उपलब्ध हुने एउटा फारम भरेपछि निगमले टिकट उपलब्ध गराउँछ ।
मलेसियामा अवैध बसेका नेपालीहरु कामदारहरु नेपाल फर्कन चाहेमा निगमले तोकेको सस्तो भाडादरमा नेपाल फर्कन सकून् भनेर सस्तो भाडा तय गरेको थियो । निगमले सस्तो भाडादरको लागि ४० सिट छुट्याएको छ । मलेसियाबाट काठमाडौं आउँदा सामान्य भाडा आठ सय पाँचदेखि नौ सय ८५ रुपैयाँ सम्म तोकिएको छ । मलेसियामा गैरकानुनी नेपाली कामदार करीब ५० हजार रहेको अनुमान छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ