वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैदेशिक लगानीका लागि नेपालको ढोको खुल्यो : भारतीय गृहमन्त्री सिंह

अर्थटुडे
२०७१ आश्विन ४, शनिबार

काठमाडौं । भारतका गृहमन्त्री राजनाथ सिंहले भारतसँग भएको आयोजना विकास सम्झौता (पिडिए) बाट नेपालको आर्थिक विकासमा वैदेशिक लगानीको ढोका खुलेको बताएका छन् । rajnath

भारतका गृहमन्त्री राजनाथ सिंहले भारतीय कम्पनी जिएमआर र नेपालको लगानी बोर्डबीच माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि शुक्रवार पिडिए सम्झौता भएको थियो ।
सो सम्झौताले नेपाल र भारतको विचको सम्बन्ध थप सुमधुर हुने बताउँदै मन्त्री सिंहले नेपाल सरकारले विकास निर्माण योजना बनाएर भारतसमक्ष प्रस्तुत गरेमा जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका गृहमन्त्रीहरूको बैठकमा भाग लिएर फर्कने क्रममा सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा दुबै मुलुकबीच सम्झौता हुनु भारत र नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ