काठमाडौं । बाणिज्य विभागको टोली र न्यूरोडस्थित बिशाल बजारका व्यापारीविच झडप भएको छ । विभागको टोलीले अनुगमन गर्ने क्रममा व्यवसायीहरुले विवाद गर्दा झडप भएको हो ।
पसलसँग खरिद तथा विक्री बिल मागेर अनुगमन गरिरहेको अवस्थामा पसल संचालकहरुले बाणिज्य टोलीमाथि हातपात गरेका थिए ।
प्रहरीले झडपको स्थितिलाई नियन्त्रणमा लिए पनि विशाल बजारमा तनावपूर्ण अवस्था छ । हातपातमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । केही दिनअघि पनि अनुगमन गर्ने क्रममा बिशाल बजारमा झडप भएको थियो ।
प्रतिक्रिया