काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले १८ औं वार्षिक साधारणसभा कात्तिक ३ गते तोकेको छ । साधारणसभाका लागि कम्पनीको मंगलबारदेखि सेयरधनी दर्ता किता बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ ।
मंगलबारसम्म सेयरधनी दर्ता कितावमा नाम भएका लगानीकर्ताले कम्पनीले पारित गरेको लाभांस पाउनेछन् ।
चिलिमिले गते आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांस घोषणा गरिसकेको छ । कम्पनीले गत आवमा ९३ करोड ९७ लाख खुद नाफा गरेको छ ।
प्रतिक्रिया