वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आधा दर्जन ब्रोकरले कारोबार गर्न पाएनन्

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

काठमाडौं । समयमै नगद र कागजातको सेटलमेन्ट नगरेपछि सोमबार करिव आधा दर्जन ब्रोकर कम्पनीले कारोबार गर्न पाएका छैनन् । सोमबार ब्रोकर नं ५२ सुन्धारा सेक्युरिटिज्, ब्रोकर नं ३ अरुण सेक्युरिटिज। व्रोकर नं २९ त्रिशुल सेक्युरिटिजले नगद र कागजाद सेटलमेन्ट नगरेकोले आउट भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यसैगरी कागजात सेटलमेन्ट नगर्ने श्री कृष्ण सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।

ब्रोकर कम्पनीहरुले कारोबार भएको १५ दिनभित्र नगद र सेयर कागजपत्र सेटलमेन्ट गर्नुपर्ने व्यवस्था छ ।

सोमबार कारोबार सुरुभएदेखि नै बजार ओरालो लागिरहेको छ । साढे २ बजेसम्ममा ४ अंकले गिरावट आई ८७८ अंकमा झरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ