वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आमरण अनसनमा बसेका अधिकारीको निधन, पत्नीको अवस्था पनि गम्भीर

अर्थटुडे
२०७१ आश्विन ६, सोमबार

काठमाडौं । छोराको हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनसनमा बसेका नन्दप्रसाद अधिकारीको निधन भएको छ । उनी ३३० दिनदेखि आमरण अनशनमा बसेका थिए ।

वीर अस्पतालमा उपचाररत अधिकारीको सोमबार साँझ ५ बजेर ३ मिनेटमा जादा निधन भएको हो । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका नवनियुक्त सदस्य सुदीप पाठक, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम, अधिकारकर्मीहरु सुबोधराज प्याकुरेल र कनकमणि दीक्षति सोमबार अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकहरुसँग के गर्ने भन्ने विषयमा छलफल गरेको उनले बताए ।

उनलाई आतबार साँझ रगतको कमी भएको भन्दै शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत रगतको समेत माग गरेका थिए ।
लामो समयदेखि अन्नपानी त्याग गरेका अधिकारी दम्पत्तीलाई अक्सिजन र घाँटीनेर प्वाल पारी नलीबाट प्रोटिन दिएर चिकित्सकहरुले बचाउँदै आएका थिए । उनको पत्नीको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ