शाईन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७०\७१ को नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये १२ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर रहेको छ ।
बैंक संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
१० जिल्ला कार्यक्षेत्र रहेको बैंकको उक्त सेयर वितरणपछि चुक्तापुँजी ६३ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।
साविकको शाइन डेभलपमेन्ट र रेसुंगा विकास बैंक मर्ज भई गत चैतबाट संयुक्त कारोबार सुरु गरेको हो ।
प्रतिक्रिया