काठमाडौं । दशै नजिकिदै गर्दा सेयर बजारमा उत्साह बढेको छ । केही सातादेखि लगातार घटेको बजार परिसुचक (नेप्से) मंगलबार भने १४.१४ अंकले बढेर ९९६.०१ अंकमा पुगेको छ । कारोबार भएका अधिकाशं कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार परिसुचक उकालो लागेको हो । मंगलबार हाइड्रोपावर बाहेक सबै समुहगत परिसुचक पनि उकालो लागेको छ ।
मंगबार हाइड्रोपावर समुह ३६.१८ अंकले घट्यो । यसबाहेक बैंकिङ १८.७१, होटल ५.७८, विकास बैंक ५.७९, फाईनान्स ९.२१ र इस्योरेन्स ८६.९९ अंकले बढेको छ ।
बैकिङ समूहको मंगलबार मात्रै १४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो दिन २१ सय २५ कम्पनीका ८ लाख ३८ हजार कित्ता सेयर २८ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । नेप्से बढेपनि खरिद चाप भने बढ्न सकेन ।
प्रतिक्रिया