काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले संस्थापक सेयरधनीलाई वर्गिकरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै सबै संस्थापक सेयरधनीलाई एउटै समूहमा राख्न निर्देशन दिएको छ ।
संस्थापक सेयरधनीलाई वर्गिकरण गरेका बैंक तथा वित्तीय संस्थाले आगामी साधारणसभाबाट नियमावली संसोधन गरी संस्थापकहरुको वर्गिकरण हटाउन निर्देशन दिइएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।
यसअघि बैंकहरु सेयरधनीलाई लगानी रकमका आधारमा संस्थापक सेयरधनीलाई क देखि घ वर्गसम्म वर्गिकरण गर्दै आएका थिए ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थापक सेयरधनीलाई एउटै समूह बनाउने घोषणा गरेको थियो । मंगलबार निर्देशन जारी गरेर मौद्रिक नीतिमा घोषणा गरेको कुरा कार्यान्वयनमा ल्याएको हो ।
लघुकर्जाको सिमा ५ लाख
यसैगरी राष्ट्र बैंकले लघुवित्त विकास बैंकको कर्जा सिमा बढाएको छ । नयाँ नियम अनुसार बैंक तथा वित्तीय संस्था पहुँच नपुगेका गाविसहरुमा ५ लाख रुपैयाँसम्म धितो लिएर लगानी गर्न सक्ने व्यवस्था छ । यसअघि ३ लाख रुपैयाँसम्म लगानी गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया