वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजी डेरी उद्योगहरुमा व्यवहारिक आचार संहिता लागु गर्ने सम्झौतामा हस्ताक्षर

अर्थटुडे
२०७१ आश्विन १०, शुक्रबार

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनवीआई) र डेरी उद्योग संघविच निजी डेरी उद्योगहरुमा व्यवहारिक आचार संहिता लागु गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आचार संहिता भएपनि कार्यान्वयनमा नआएकोले प्रावधानलाई पुनर्मुल्याङकन गरी लागु गर्नका लागि विहिबार द्धिपक्षीय संझौता भएको हो ।

सम्झौतापत्रमा एनवीआईको तर्फबाट महासचिव सुरेन्द्रवीर मालाकार र सचिव सरोज पाण्डे तथा डेरी उद्योग संघबाट अध्यक्ष प्रदीप महर्जनले हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा महासचिव मालाकारले उद्योगी व्यवसायिको स्वमुल्यांकन एवं स्अनुगमनबाट मात्र असल व्यवसायिक अभ्यासलाई प्रबद्र्धन गर्न सम्भव छ भन्ने मान्यता लिएको बताए । यही मान्यता अनुसार दुग्ध प्रशोधन व्यवसायमा स्वनियमबाट हाल विद्यमान आचारसंहितालाई पुनर्जिवन दिने र व्यवसायी मैत्री बनाउने कार्यको थालनी भएको मालाकारले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ