वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वामदेवको अभिव्यक्तिले सोसल मिडियामा हंगामा

अर्थटुडे
२०७१ जेष्ठ २६, सोमबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहकारीबारे दिएको अभिव्यक्तिबारे सोसल मिडियाहरुमा हंगामा भएको छ । आफुले सहि सहकारीको छनोट गर्न नसकेको र आक्रोसमा सहकारीको वदनाम गरेको भन्दै उनको आलोचना भएको छ ।

फेसबुकमा सर्वसाधारणले गरेको टिप्पणी

फेसबुकमा सर्वसाधारणले गरेको टिप्पणी

सामाजिक संजाल फेसबुकमा लेख बहादुर बुढाथोकीले बामदेवलाई तिन चुनौती दिएका छन् । उनले लेखेका छन्  : ‘१ गृहमन्त्री आफै हुनुहुन्छ, आफ्नो ५० लाख ठग्ने सहकारीलाई कारवाही गरेर देखाउनुहोस् । २. बोलेअनुसार उत्पादनमुलक काम नगर्ने एमाले नेता कार्यकर्ताको सदस्यता खारेज गरेर देखाउनुहोस् । ३. बोलेअनुसार विदेशबाट आयात हुने करोडौंको तरकारी र मासुमा प्रतिवन्ध लगाउनुहोस् ।’

यसैगरी भरत श्रेष्ठले वामदेवको अभिव्यक्तिले सहकारीकर्मीको मन दुखाएकाले आगामी महाधिवेशनमा उनले सहकारीकर्मीको भोट नपाउन बताएका छन् । उनले लेखेका छन्– ‘यदि उहाले साच्चिकै भन्नुभएको भए यो आपत्तिजनक कुरा हो, अव त कमरेडले सहकारीकर्मी र सहकारी शुभचिन्तकबाट नवौ महाधिवेशनमा भोटको आशा नगरे हुन्छ’

राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाईले भनेका छन्–‘खवरदार कमरेड सहकारीलाई बदनाम नगर्नुहोस्, तपाई पार्टीको होइन जनताको गृहमन्त्री हुनुहुन्छ ।
यसैगरी गोपाल अधिकारीले भने वामदेवले सही कुरा बोलेको भन्दै उनको प्रशंसा गरेका छन् ।

उनी लेख्छन्–‘गृहमन्त्रीले यथार्थ कुरा बोलेका छन् बाबा ठाकुरे हो बजारमा पैसा उठाउने मानिस पठाएर पैसा जम्मा गर्ने अनि आफुखुशी गर्नेहरुलाई सहकारी भन्न मिल्छ । सहकारीको सबै सदस्य धनि हुनुपर्नेमा एकदुई जना ठगहरुपो मालामाल हुने सहकारी चलाए नेपालमा त । फेरी यस्तै सहकारीका नेता पनि गृहमन्त्रीकै पार्टीका छन् नि । कारवाही त्यतैबाट सुरु गर्ने कि ?’
सोमबार घरेलु तथा साना उद्योग महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले बचत ऋण सहकारीलाई ‘दलालहरुको संस्था’ भएको बताएका थिए । यिनीहरुले सर्वसाधारणबाट चर्को व्याज असुलेको आरोप लगाउदै उनले यस्ता संस्था बन्द गराउनुपर्ने उल्लेख गरे ।

बामदेव स्वयंम सहकारी पिडित हुन् । ओरेन्टल सहकारीका संचालक सुधिर बस्नेतले फ्लाटका लागि भन्दै उनीसँग ५० लाख रुपैयाँ लिएपनि फ्लाट पाएका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ