काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले ५१.५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७०/७१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ४१.५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।
अघिल्लो वर्ष पनि बैंकले १० प्रतिशत बोनस सेयर र ४१.५० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आर्थिक वर्ष २०७०/ ७१ मा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंक र बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै लागू हुन्छ ।
प्रतिक्रिया