वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दशैं बिदापछि खुलेको सेयर बजारमा १३ अंकले गिरावट, कारोबार पनि १० करोड मात्रै

अर्थटुडे
२०७१ आश्विन २२, बुधबार

काठमाडौं । दशैंपछि सेयर बजार खुलेको पहिलो दिन बुधबार नै सेयर बजार परिसुचक (नेप्से) १३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको नकरात्मक असर समग्र बजार परिसूचकमा परेको हो । बुधबार बाणिज्य बैंक, जलविद्युत र विमा समूह ओरालो लागेपछि समग्र बजारमा असर गरेको हो । यसैगरी बुधबार कारोबार रकम पनि औसत भन्दा निकै कम भई १० करोड मात्र कारोबार भएको छ ।

chart oct 8
कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको सेयर बजार परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुदाँ ९३७.९९ अंकमा रहेको नेप्से १२.७८ अंकले घटेर बन्द हुँदा ९२५.२१ अंकमा झरेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन् । कारोबार भएका समुहगत परिसूचक मध्ये बैंकिङ ९.८८, होटल ७.८९, विकास बैंक ३.८८, जलविद्युत ११४.६४, विमा ९९.२९ र वित्त समुह ०.३७ अंकले घटेका छन् ।

बुधबारदेखि बाणिज्य बैंकहरुको अभौतिक सेयर कारोबार सुरु भएको छ । यसले पनि लगानीकर्तामा अलमल भई बजारमा गिरावट आएको बताइएको छ ।

बुधबार एक सय ५ कम्पनीको एक हजार ४ कारोबारबाट १० करोड २१ लाख ६९ हजार रुपैयाँ बरावरको एक लाख ७० हजार ६३ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ