वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एचएन्डबी डेभलपमेन्ट बैंककी पूर्व सिइओ सैँजु पक्राउ, ४ करोड ७७ लाख रुपैयाँ ठगीको आरोप

अर्थटुडे
२०७१ आश्विन २३, बिहीबार

काठमाडौं । एचएन्डबी डेभलपमेन्ट बैंककी पूर्व कार्यकारी अधिकृत (सिइओ) जसोदा सैँजुलाई विहिबार प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले ठगी आरोपमा पक्राउ गरेको हो । सैँजुसँगै पूर्वकर्मचारी पुष्पज्योति ढुंगानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई चार करोड ७७ लाख रुपैयाँ ठगी गरेको ग्राहकहरुको उजुरीको आधारमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । ग्राहकहरुले आफ्नो खातामा रकम राखेपनि जम्मा नभएको भौचरसहित प्रहरीमा उजरी दिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकले गत जेठ १४ गते सैँजुलाई निलम्वन गरी बैंकको व्यवस्थापनको जिम्मा आफूले लिएको थियो ।

ग तवर्ष बैंककै कुलेश्वर शाखाका शाखा प्रमूख निरज नेपाललाई गुडफर पेमेन्ट चेक मार्फत ८२ करोड रुपैयाँ भन्दा बढी घोटालाको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ