वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विहिबार पनि ३.३३ अंकले घट्यो नेप्से, १० करोडको मात्र कारोबार

अर्थटुडे
२०७१ आश्विन २३, बिहीबार

काठमाडौं । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक ३.३३ अंकले घटेर ९२१.८८ अंकमा अडिएको छ । यसदिन जलविद्युत, फाइनान्स र विमा समूहको समूहगत परिसुचक भने बढेको छ ।Share-Market

त्यसैगरी बैकिङ, होटल र विकास बैंक समूहको समूहगत परिसुचक भने घटेको छ । सबैभन्दा बढी नविल बैंकको प्रमोटर सेयर ९५ लाख ८६ हजार बराबरको कारोबार भयो ।
सो दिन सवैभन्दा बढी कमाउने कम्पनीमा अल्पाइन डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र प्रु्टेन्सियल फाइनान्स कम्पनी रहेका छन् भने गुमाउनेमा नेपाल इन्सुरेन्स कम्पनी,मालिका विकास बैंक, सिद्धार्थ फाइनान्स,बेस्टर्न डेभलपमेन्ट बैंक र एनआसी एसिया बैंक रहेका छन् ।

विहिबार १० करोड बराबरको २ लाख ३३ हजार कित्ता सेयर कारोबार भएको छ । यस दिन एक सय ३२ कम्पनीको सेयर कारोबार भएकोमा ५० कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ