वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेरी बढ्न थाल्यो सुनको भाउ, तोलाको ५१ हजार ७ सय

अर्थटुडे
२०७१ आश्विन २५, शनिबार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै भाउ उकालो लागेपछि नेपालमा पनि सुन महंगो हुन थालेको छ । तिहार नजिकिदै गर्दा सुनको भाउ बढ्न थालेपछि सुन किन्न चाहाने मर्कामा पर्ने भएका छन् । चीन, भारत लगायत एशियाली देशका बजारहरुमा चाडपर्व एवं विवाहको मौसम शुरु भएको हुनाले सुनको मागमा वृद्धि हुने र सँगसँगै भाउ पनि बढ्ने आंकलन गरिएको छ ।

goldअन्तर्राष्ट्रिय बजारमा सुनको माग वृद्वीसँगै भाउ उकालो लागेपछि त्यसको असर नेपाली बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैको बिदापछि बजार खुलेको पहिलो दिन बुधबार सुनको भाउ प्रतितोला ५१ हजार ५ सय रुपैयाँ कायम थियो । विहिबार र शुक्रबार भने सुुनको भाउ बढेर ५१ हजार ७ सयमा कारोबार भएको छ ।

यसैगरी बुधबार ७ सय ३५ रुपैयाँ कायम रहेको चाँदी पनि बढेर शुक्रबार ७ सय ४० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।

रसिया माथी लगाउन खोजिएको आर्थिक नाकाबन्दी लगायका कारणले सेयर बजारमा आएको मन्दीले गर्दा सुनको अन्तर्राष्ट्रिय मूल्य विगत ३ हप्ता यताकै उच्च विन्दुमा पुगेको छ र साथसाथै तेलको मूल्यमा आएको कमिले गर्दा पनि सुनको मागमा दबाव बढेको हो ।

सुरक्षित लगानीको अन्तिम विकल्प मानिएको सुनमा सुरक्षित लगानीको लागि माग वृद्धि हुँदा भाउ वृद्धि भएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ