वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोमा एयरले लुक्ला र जोमसोममा पनि उडान भर्ने, २०१४ भित्रै फेरी अर्को नयाँ जहाज ल्याउने तयारी

अर्थटुडे
२०७१ आश्विन २५, शनिबार

काठमाडौैं । गोमा एयरले अब लुुक्ला र जोमसोममा उडान सेवा सुुरु गर्ने भएको छ । १९ सिट क्षमताको एलईटी —४१० युभिपी ( ई २० नयाँ जहाज फ्याक्ट्रीबाटै नेपाल ल्याएपछि गोमा एयरले यो घोषणा गरेको हो ।

कलसाइन ९एन( एकेवाई रहेको यो जहाजले नागरिक उड्ययनका बाँकी प्रव्रिmया पूूरा गरेपछि केही दिनमै सेवा सुरु गर्नेछ । गोमा एयरले दुुई वटा सेस्ना ग्रान्ड काराभान जहाजबाट जुुम्ला, सिमिकोट, डोल्पा, बाजुुरा, रारालाई हवाइ उडानमार्फत सुुर्खेत र नेपालगन्जसँग जोडिरहेको छ ।
गोमा एयर यही अवसरमा अर्को १९ सिट क्षमताको एलईटी—४१० युभिपी ( ई २० जहाज खरीद गर्नेसमेत घोषणा गरेको छ । यो जहाज पनि २०१४ भित्रै नेपाल भित्र्ने कम्पनीले जनाएको छ ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा गोमा एयर प्रालिका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘हामी व्यापारिक क्षेत्रबाट प्राप्त प्रतिव्रिmयाबाट उत्साहित भएका छौं र थप विश्वसनीय सेवा प्रदान गर्न हामी अर्को एउटा एलईटी ४१० जहाज छोटो समयमै ल्याउने छ । हामीलाई विश्वास छ, उहाँहरू पनि हामी जसरी नै जहाजले व्यापारिक उडान भर्ने समय पर्खिरहनुुभएको छ ।’

गोमा एयर एलईटी ४१० जहाज खरिद गर्ने दक्षिण एसिया क्षेत्रमा नै पहिलो हो । जहाजको निर्माता एयरव्रmाफ्ट इन्डस्ट्रिज अफ चेक रिपब्लिकले गोामा एयरलाई यो जहाज फेब्रुुअरी २०१५ मा भारतमा हुने “एयर शो” मा पठाउन पनि आग्रह गरेको छ ।

यही जहाज आगामी नोभेम्बर वा डिसेम्बरमा भुुटानसमेत लगिने छ । नेपालका छोटा धावनमार्ग भएका विमानास्थलहरूमा सञ्चालन गर्न पछिल्लो चार दशकमा बिल्कुलै नयाँ मल्टी इन्जिन टर्बोप्रप जहाज खरिद गरिएको यो पहिलो हो ।
‘युरोपेली युुनियनको सहमतिसहित चेक एक्सपोर्ट बैंकले यो परियोजनामा लगानी गरिरहेको जानकारी गराउन पाउँदा हामी रोमान्चित छौं ।

यो पनि नेपालमा पहिलोपटक नै हो,’ प्रबन्ध निर्देशक कार्कीले भने, ‘युुरोपेली युनियनले नेपालमा उड्ने जहाजमा लगानी गर्न अनुुमति दिनुुले युुरोपेली युुनियनको पछिल्लो एड्भाइजरी आएको सन्दर्भमा सकारात्मक सन्देश हो ।’

नेपाली दर्ता प्राप्त गर्न, चेक रिपब्लिकमा निर्मित यस्तै प्रोटोटाइप जहाजले पोखरा–जोमसोम रुटमा २०७० मंसिर २२ गते र काठमाडौं–लुुक्ला रुटमा २०७० मंसिर २५ गते सफल परिक्षण उडानसमेत गरेको थियो । यी रुटहरूलाई नेपालका कठिन रुटका रूपमा मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ