वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पीटीए र पीडीएपछि नेपाल अन्तर्राष्ट्रिय लगानीको गन्तब्य : विश्व बैंक

अर्थटुडे
२०७१ आश्विन २६, आईतवार

काठमाडौं । विश्व बैंकले नेपाल र भारतबीच हालै सम्पन्न बिद्युत व्यापार सम्झौता (पिटिए) र माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) ले नेपालमा जलबिद्युतको विकासको ढोका खुलेको प्रतिक्रिया दिएको छ ।world bank

विश्व बैंकको बार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री डा.रामशरण महतसँगको भेटमा विश्व बैंकका अधिकारीहरुले सो प्रतिक्रिया दिएका हुन । विश्व बैंकका दक्षिण एसिया क्षेत्रको जिम्मेवारी पाएका उपाध्यक्ष फिलिप हाउरेले अर्थमन्त्री डा.महतसँगको भेटमा भने, नेपालको जलबिद्युतका क्षेत्रमा विश्वको लगानीको ढोका खुल्नुका साथै विश्व बैंक अन्तर्गतकै आईएफसीको ६ अर्ब डलर लगानीको ढोका पनि खुलेको छ ।

नेपालको आर्थिक विकासका लागि जलबिद्युतको संभावना उजागर गर्नुपर्ने र यसका लागि ठूलो लगानी आवश्यक रहेको भन्दै अर्थमन्त्री डा.महतले नयाँ सरकार बन्नासाथ विश्व बैंक र आईएफसीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

सो अवसरमा बजारको सुनिश्चितता गर्न भारतसँग बिद्युत व्यापार सम्झौता गरेमा आईएफसीले ठूलो रकम लगानी गर्ने आश्वासन दिएको थियो । यो काम पूरा भएकोमा उपाध्यक्ष हाउरोले अर्थमन्त्री डा.महतलाई भने, अव अन्य बिद्युत आयोजनाहरुमा लगानीको ढोका खुल्यो, नेपालले काम छिटो गर्ने रहेछ र निर्णय समयमा गर्ने रहेछ भन्ने सन्देश पनि फैलिएको छ । यसको सकारात्मक प्रभाव नेपालको जलबिद्युतका क्षेत्रमा मात्र होइन अन्य लगानीका क्षेत्रमा पनि पर्नेछ । नेपालको आर्थिक विकासमा यसले दूरगामी सकारात्मक प्रभाव पार्नेछ ।

उपाध्यक्ष हाउरोले जलबिद्युतका साथै नेपालमा ठूला पूर्वाधारका क्षेत्रमा विश्व बैंकले लगानी गर्ने समेत आश्वासन दिए । उनले आगामी दिनमा विश्व बैंकले नेपालमा लगानी बढाउने आश्वासन दिएका थिए ।
सो अवसरमा अर्थमन्त्री डा.महतले जलबिद्युत आयोजनाहरुलाई सस्तोमा सञ्चालन गर्नुपर्ने र उत्पादित बिजुलीलाई पनि सस्तो बनाउनुपर्नेमा जोड दिएका थिए ।

विश्व बैंकको बार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले शान्ति कायम भैरहेका मुलुकहरु र द्वन्द्वोत्तर समस्यामा रहेका नेपालजस्ता मुलुकहरुलाई सहयोग गर्ने विश्व बैंकको शैलीमा स्पष्टरुपमा फरकपन आउनुपर्नेमा जोड दिए ।
नेपालले आगामी सन् २०२२ सम्ममा विकासशील मुलुकको दाँजोमा पुग्ने दृष्टिकोण अघि सारेको चर्चा गर्दै अर्थमन्त्री डा.महतले आवश्यक सहयोग गर्न विश्व बैंकसमक्ष आग्रह गरे । प्रतिव्यक्ति आम्दानीमा बृद्धि जस्ता केही सूचकहरुबाहेक सामाजिक क्षेत्रका सूचकहरुमा नेपालले अहिलेकै प्रतिकूल अवस्थामा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको उनको भनाई थियो ।

सो कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपालको कृषि, पर्यटन र जलस्रोतको उपयोगबाट नेपालले शून्य कार्बन उत्सर्जनको अवस्था प्राप्त गर्ने विश्वास दिलाएका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ