काठमाडौं । प्रभु बैंकले १० कित्ता सेयर बराबर एक कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रस्ताव विशेष साधरणसभाबाट पारित भएपछि बैंकको चुक्तापुँजी ३ अर्व ५२ करोड ९७ लाख ७३ हजार ५ सय पुग्ने बैंकले जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी तीन अर्ब २० करोड ८८ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिएपछि बनेको प्रभु बैंकले पहिलो पटक विशेष साधारणसभा गरेको हो ।
त्यसैरी बैंकको साधरणसभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने तथा प्राप्ति (एक्विजीशन) तथा खरीद गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभामा बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकको वर्तमान वित्तीय झलकहरु प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनामाथि प्रकाश पारेको बैंकलद्धारा जारी प्रेस विज्ञप्तिमा छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भदौ ३० गतेदेखि एकिकृत कारोबार गरिरहेको प्रभु बैंकका हाल ११२ शाखा, ११० एटीएम रहेको छ ।
प्रतिक्रिया