वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइतबार पनि बढ्न सकेन बजार,६.८४ अंकले घट्यो नेप्से

अर्थटुडे
२०७१ आश्विन २६, आईतवार

आइतबार पनि बढ्न सकेन बजार,६.८४ अंकले घट्यो नेप्से
काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) आइतबार ६.८४ अंकले घटेर ९१५ मा झरेको छ । आइतबार समूहगत परिसुचकमध्ये होटल र अन्य समूहको परिसुचक बढेपनि बाँकी सम्पुर्ण समुहगत परिसुचक घटेको छ ।Share-Market
आइतबार कमाउने पाँच कम्पनीहरुमा नागवेली लघुवित्त विकास बैंक, मितेरी विकास बैंक, कर्णाली विकास बैंक, सांग्रिला विकास बैंक र सुर्य लाइफ इन्सुरेन्स रहेका छन् भने गुमाउने पाँच कम्पनीहरुमा मालिका विकास बैंक, ज्योति विकास बैंक, काठमाडौं फाइनान्स,एपेक्स डेभलपमेन्ट बैंक र सेती फाइनान्स कम्पनी रहेका छन् ।
आइतबार १६ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सेयर खरिद विक्रि भएको छ । यसदिन पनि दुई ब्रोकर कम्पनी कारोबारबाट आउट भएका छन । नेपाल स्टक हाउस (ब्रो) १४० र भृकुटी स्टक ब्रोकिङ (ब्रो) ५५०ले राफसाफको क्रममा रकम तथा कागजात बुझाउन ढिलाई गरेपछि कारोबारबाट आउट भएका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ