काठमाडौं । ग्लोबल आईएमई बैंक र भारतको आईडीबीआईबिच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । भारतमा रहेका नेपालीहरुबाट रेमिट्यान्स संकलन गरी नेपाल पठाउनका लागि दुई बैंकबिच सम्झौता भएको हो । सम्झौता अनुसार आईडीबीआईका भारतभर रहेका शाखाहरुले रेमिट्यान्स संकलन गर्नेछन् भने ग्लोबल आईएमईका शाखा र एजेण्टहरुले नेपालभर वितरणको ब्यवस्था मिलाउने छन् ।
आईतबार भएको उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईडिबीआई बैंकका वरिष्ठ महाप्रवन्धक मेदा जोशीले हस्ताक्षर गरे ।
भारतमा रहेका नेपालीहरुले यसअघि बैंकिङ माध्यमबाट नेपाल रकम पठाउन सक्ने व्यवस्था थिएन । साथमा रकम बोकेर आउदा बाटोमा हराउने, चोरी हुने डर थियो ।
आईडीबीआईका भारतमा ४ सय ५० भन्दा बढी शाखाहरु रहेको छ ।
अनौपचारिक तथ्यांक अनुसार भारतमा पचास लाख भन्दा बढी नेपालीहरु विभिन्न रोजगारीमा संलग्न छन् ।
प्रतिक्रिया