वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीडीएस तोकिएकै समयमा लागू गर्न लगानीकर्ताको माग, लगानीकर्ताको हित विपरित सयम थप गर्न लागेको आरोप

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) तोकिएकै समयमा लागू गर्न लगानीकर्ताले माग गरेका छन् । सीडीएस प्रणाली लागू गर्नका लागि पयाप्त समयसीमा नभएको भन्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले ६ महिना समय थप गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएपछि लगानीकर्ताले आफुहरुलाई त्यो अस्विकार्य हुने बताएका हुन् ।

नेपाल इन्भेन्टर्स फोरमले विज्ञप्ती जारी गरी लगानीकर्ता अभौतिक सेयर कारोबारका लागि पूर्ण तयार रहेको र तोकिएको समयमा कार्यान्वयन नगरे लगानीकर्तामा निराशा आउने बताएको छ ।

cdsc_demat-300x149फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले प्रेस वक्तब्य जारी गरी लागु गर्ने कामबाट सीडीएससी एकाएक पछाडि हट्न खोजेको भन्दै कडा आपत्ती जनाएका छन् ।

विज्ञप्तीमा सीडीएस कार्यान्वयनलाई ६ महिना पछि धकेल्ने सीडीएससीको प्रयास लगानीकर्ताहरुका लागि अश्वीकार्य भएको उल्लेख गरिएको छ । सीडीएससीको नियमावलीमा सीडीएस संचालनमा आएको ६ महिनापछि अभौतिक सेयरहरुको मात्र कारोबार हुने स्पष्ट व्यवस्थाको बर्खिलाप सीडीएससीले कार्तिक २ गतेदेखि डिम्याट सेयरहरु मात्र कारोबार गर्न नसकिने भन्दै फेरि म्याद थपको निबेदन दिनु लगानीकर्ताको हित विपरितको कार्यसमेत भएको उल्लेख छ ।

सीडीएससीले २१ दिने सूचना अनुसार सीडीएसमा आवद्ध हुन नआउने कम्पनीहरुलाई कारबाही गर्नुको सट्टा नेपाल स्टक एक्सचेन्ज र सीडीएससी आफै निरीह बन्दै पछाडि हट्दा धितोपत्र बजारमा नकारात्मक असर पर्ने र लगानीकर्ताहरुमा निराशा उत्पन्न हुने फोरमले बताएको छ ।

फोरमले सर्वसाधारण लगानीकर्ताले धमाधम हितग्राही खाता खोलेर डिम्याट सेयर कारोबारमा सहभागी हुने तत्परता देखाईरहेको जिकिर गर्दै कातिर्क २ गतेबाटै सबै कम्पनीको अभौतिक शेयर कारोबार हुनुपर्ने र सीडीएससीले धितोपत्र बोर्डमा दिएको म्याद थपको निवेदन अघि बढाउनु नहुनेमा जोड दिएको छ ।

सीडीएससीले धेरै कम्पनीहरु सेयर अभौतिक गराउने सम्झौता गर्न नआएको र धेरै सेयरहरु अभौतिकीकरण गर्न असंभव रहेको भन्दै धितोपत्र बोर्डमा सीडीएस लागु गर्ने समय कार्तिक २ बाट ६ महिना पछि सार्न निवेदन पेश गरेको छ ।

सीडीएससीले असोज २० गतेबाट बाणिज्य बैंक तथा कात्तिक २ गतेबाट सबै कम्पनीहरुको डिम्याट सेयर मात्र कारोबार गर्ने सयम तालिका तय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ