वि.सं. २०८१ असार १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इटालियन कार फियाट शो रुम नक्सालमा, एक सातासम्म विशेष मेला

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

काठमाडौं । नेपालको लागि फियाट अटो मोवाईल्स्को आधिकारीक विक्रेता लाईफ अटो मोवाईलले ईटालियन फियाट कारहरुको शो रुम गैरीधारा, नक्सालमा शुरु गरेको छ । शो रुमको लाईफ अटो मोवाईल कम्पनीका आनन्द राज बतासले सोमबार उद्घाटन गरे ।

fiat carकार्यक्रममा बोल्दै बतासले “यो कार्यक्रम केवल शो रुम लन्च मात्र नभई, एउटा उत्सब हो” भने । उनले, सम्पुर्ण उपभोक्ताहरुलाई आफ्नो परिवार र साथी भाई संग उक्त उत्सवमा उपस्थित हुन आमन्त्रण गरे ।

युरोपियन अटोमोवाईल्सको दुनियामा फियाटलाई गडफादरको रुपमा चिनिन्छ । विश्वभरका उपभोक्ताहरुको मनमा राज गर्दै आएको फियाटका गाडीहरु अब नेपाली उपभोक्तामाझ ल्याईएको छ । यसै अवसरलाई वृहत मेलाको रुपमा मनाउनको लागि लाईफ अटो मोवाईलले गैरीधारारा स्थित शोरुममा आश्विन २७ देखि कार्तिक २ सम्म ग्राण्ड ईटालियानो डी–फेस्टा नामक मेला आयोजना गर्दैछ । यो उत्सबमा उपभोक्ताहरुले ईटालियन मोडलका विश्व प्रख्यात गाडीहरु फियाट पुन्टो ईभो र फियाट न्यु लिनिया संग ईटालियन वातावरणमा प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सकिने कम्पनीले जनाएको छ ।

fiat 2

टेस्ट ड्राईभ र वृहत लन्चको आकर्षक योजनाहरु संगै भईरहेको यो महोत्सवलाई अझ बढी आकर्षक र उत्सबको रङ्ग दिन कार्यक्रम अवधिभर रमाईला प्रस्तुतिहरु फेस पेन्टिङ्ग, रमाईला खेल, उपहार, ईटालियन पिज्जा लगायतका अन्य थुप्रै आकर्षक प्रस्तुतिहरु समावेश गरिएको छ । विश्वभर फियाट शोरुममा उपलब्ध “फियाट क्याफे”को निरन्तरता नेपालमा पनि अपनाईएको छ । यस शो रुममा हरेक अवलोकलनकर्ताले ईटालियन स्वादको कफि पाउन सक्नेछन् । एक हप्तासम्म चल्ने यो उत्सव बिहान ११ बजे देखि साँझ ६ बजे सम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।

fiat 1कम्पनीले जारी गरेको विज्ञप्तीमा यसै अबसरमा लाईफ अटो मोवाईल्सले, उपभोक्ताहरुको हितलाई ध्यानमा राखी फियाट पुन्टो ईभो गाडीको खरिदमा ग्राहकहरुले तीन बर्ष सम्म ढुक्क हुने गरि “एब्सोलियुट जेरो कस्ट” नामक नौलो ग्राहक केन्दि«त वारेन्टि योजना ल्याएको उल्लेख छ । योजना मार्फत फियाट पुन्टो ईभो को खरिदकर्ताहरुले सम्पूर्ण सर्भिसिङ्ग र स्पेयर्स पार्टस रिप्लेसमेन्टको सुविधा तीन वर्ष सम्मका लागि निशुल्क प्राप्त गर्न सक्नुका साथै कारको खरिदमा एक बर्षसम्म ईन्श्योरेन्समा र रोड ट्याक्समा लाग्ने खर्च, लाईफ अटो मोवाईल आफैले व्यहोर्ने छ । यति मात्र नभई, न्युनतम डाउन पेमेन्ट गरे वापत फियाट पुन्टो इभो डाएनामिक, मात्र मासिक रु २९ हजारको सरल किस्तामा र फियाट न्यु लिनिया मात्र मासिक रु ३८ हजारको सरल किस्तामा प्राप्त गर्न सकिनेछ ।

fiat 3

सबै भन्दा धेरै रुचाईएको युरोपियन ब्राण्ड, फियाट क्राईसलर अटोमोवाईल्सले विश्व विख्यात १६ ब्राण्डहरु उत्पादन गरेको छ जस अन्तर्गत फेरारि र मासरिटी जस्ता ब्राण्डहरु पनि पर्दछ । फियाटले कार उत्पादन कम्पनीको सय वर्ष भन्दा लामो गौरवशाली ईतिहास बोकेको छ । चार “गोल्डेन कम्पास अवार्ड” र नौं “युरोपियन कार अफ द ईयर” जित्न सफल फियाट कार फ्रान्स, टर्की, सर्बीया, ईन्डिया र चाईना जस्ता मुलुकहरुमा विस्तारित रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ